एसपी रिपोर्टर
काठमाणडौँ ,साउन १८ : कोशी प्रदेशका प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रमुखले सम्हाल्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको अनुपस्थितमा मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कार्यभार तोकेका हुन् ।प्रदेश प्रमुख खापुङ आइतबारदेखि मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जाने भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।





