एसपी रिपोर्टर
विराटनगर ,साउन १८
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको बताए ।उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको टिप्पणी गरे ।कोइरालाले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।उनले मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै मिलिजुली सरकार बनाउनै पर्ने बाध्यता रहेपनि पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुनेमा जोड दिए ।