एसपी रिपोर्टर
काठमाणडौँ ,साउन १७
: प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ ।

आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि आ आफ्नो धारणा राखिरहेका छन् ।साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भइरहेको छ । बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोधका कारण स्थायी समिति बैठकलाई चासोपूर्वक हेरिएको छ ।