एसपी रिपोर्टर
काठमाणडौँ ,साउन १५ : वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले गरेका कामहरूबारे जानकारी दिएका हुन् । बोर्डले गत आर्थिक वर्षमा एक हजार १८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको हो ।त्यस्तै एक हजार २५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । त्यो बीचमा ६९८ जना अंगभङ्ग/विरामी कामदारलाई आर्थिक सहायता प्रदान गरेको छ भने २७५ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेको छ ।त्यस्तै तीन हजार ९९० जनालाई वैदशिक रोजगार सन्तती छात्रवृत्ति सहायता प्रदान गरेको छ । भने यो एक वर्षको अवधिमा ७० वटा अलपत्र परेको शव झिकाउने काम गरेको छ । भने एक जना अलपत्र कामदारको उद्धार गरेको छ ।बोर्डले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४५८ युवालाई सीपमूलक तालिम दिइएको छ ।
यसका साथै, श्रमाधान कल सेन्टरको सफल सञ्चालन, टेलिमेडिसिन सेवा, र विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सम्पन्न भएको बोर्डले जनाएको छ ।





