एसपी रिपोर्टर
काठमाणडौँ, साउन ११
: सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आइतबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।‘सभामुखले दुई वटा सेसनमा सम्बोधन गर्ने कार्यक्रम छ,’ अधिकारीले भने ।उक्त सम्मेलनमा हुने ‘शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य’ र ‘हाम्रो डिजिटल भविष्य निर्माणमा सांसदहरूको भूमिका’ नामक दुई सेसनमा सभामुख घिमिरे सहभागी हुनेछन् ।सभामुखहरूको सम्मेलन प्रत्येक ५/५ वर्षमा हुने गरेको छ ।