एसपी रिपोर्टर
काठमाणडौँ, साउन ११ : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिटौलाले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताएका हुन् ।‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो,’ उनले भने ।राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले सरकारको वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन नसकेपनि यसको विकल्प नरहेको बताए ।‘अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि यो सरकार निरन्तर जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन’ उनले भने, ‘अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिंदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने कुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने बताए ।





