एसपी रिपोर्टर
काठमाणडौँ, साउन १०
: सप्तरीको रुपनी गाउँपालिका– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारीको विद्युतबाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा शनिबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिए ।प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो ।उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।