एसपी रिपोर्टर
काठमाणडौँ, साउन १०
: गएको आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३७ हजारभन्दा धेरै उजुरी परेको छ ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएकासहित गएको आर्थिक वर्षमा ३७ हजारभन्दा धेरै उजुरीको अध्ययन तथा अनुसन्धान गर्नुपर्ने अवस्था आएको अख्तियारले आएको छ ।उजुरीमध्ये आधाभन्दा धेरै ५३.८४ प्रतिशत पालिकासँग सम्बन्धित छन् । सङ्घीय सरकारविरुद्ध ३३.६९ प्रतिशत र प्रदेश सरकारविरुद्ध १२.४७ प्रतिशत उजुरी परेको आयोगले जनाएको छ ।आयोगले गएको वर्षमा १३७ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ, जसमा झन्डै ६ अर्ब रुपैयाँबराबरको बिगो माग दाबी गरिएको छ ।सबैभन्दा बढी उजुरी आयोगको वेबसाइटमार्फत आएका छन् । त्यसपछि लिखित निवेदन, इमेल, हुलाक सेवा, मोबाइल एप, भाइबर, समाचार, हेलो सरकारलगायतका माध्यमबाट उजुरी दर्ता भएको र तीमध्ये ८० प्रतिशतभन्दा बढी उजुरीमाथि छानबिन गरी फछ्र्यौट गरेको आयोगले जनाएको छ ।