एसपी रिपोर्टर
काठमाणडौँ , साउन ६
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सबै तहका कार्यालयहरु धुम्रपान र सुर्तीजन्य पदार्थ निषेधको घोषणा गरेका छन् ।

कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसमा बीपीकै प्रसंग सुनाउँदै देउवाले कार्यालयहरु धुम्रपान र सूर्तिजन्य पदार्थ मुक्त हुने  घोषणा गरेका हुन् ।‘बीपी कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको थियो । क्यान्सर जस्ता घातक रोगहरू प्राय: मादक पदार्थ, सूर्तिजन्य वस्तु तथा लागू पदार्थहरूको सेवनबाट उत्पन्न हुने गरेका छन्,’ देउवाले भने ।पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले मंगलबार गरेको कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनप्रति सचेत रहनुपर्ने देउवाले बताए । हानिकारक पदार्थहरूको प्रयोगबाट बच्न र समाजमा सचेतना फैलाउन आह्वान देउवाले आव्हान गरे ।