एसपी रिपोर्टर
काठमाणडौँ , साउन ६ :
मधेस प्रदेश मरुभूमिमा परिणत हुन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद तुल बहादुर विश्वकर्माले मधेसमा १५, २० फिटमा आउने पानी आज डेढ सय फिटमा पनि आउन छाडेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘केही दिनअघि रसुवामा बाढी गयो, आज मधेसमा सुक्खा बढिरहेको छ । त्यहाँका जनताले पिउने पानी समेत पाएका छैनन्, दमकलमा पानी बोकाएर खान दिनुपर्ने अवस्था छ’, सांसद विश्वकर्माले भने । उनले चुरे दोहनका कारण मधेस मरुभूमिमा परिणत हुन पुगेको समेत बताए ।