एसपी रिपोर्टर
काठमाणडौँ, साउन ४ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट दिएको राजीनामा तत्काल स्वीकृत नहुने भएको छ ।सदस्य मिश्रले साउन १ गते राष्ट्रपति कार्यालयमा पुगेर पदबाट दिएको राजीनामा दर्ता गराएका थिए । राष्ट्रपति कार्यालय स्रोतले उनको राजीनामा तत्काल स्वीकृत नहुने बताएको हो । ‘राष्ट्रपतिज्यूबाट तत्काल राजीनामा स्वीकृत नहुने भन्ने कुरा आएको छ । उहाँको राजीनामा दर्ता भएर बसेको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।





