एसपी रिपोर्टर
काठमाणडौँ , साउन २ : बाल सुधार गृहभित्रै ठगी भएको पाइएको छ । पर्साको वीरगञ्जमा रहेको बाल सुधार गृहमा ठगी भएको हो ।
ठगी आरोपमा बाल सुधार गृहका चौकीदार कैदी प्रमानन्द गुप्ता पक्राउ परेका छन् ।सिरहाको लाहन नगरपालिका–३ घर भएका गुप्ताले १० जना बाल बिज्याइकर्ताबाट उनले १० लाख १५ हजार ३७० रुपैयाँ ठगी गरेको पाइएको पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालले बताए ।ठगी आरोप लागेका चौकीदार कैदी गुप्ता लागुऔषधको कसुरमा बाल सुधार गृह चलान भएका थिए ।कैद भुक्तान गरेर ३२ असारमा उनी निस्कन लागेपछि पीडित बाल बिज्याइकर्ताहरूले बाल सुधार गृह प्रशासनमा उनीविरुद्ध उजुरी दिएका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । दबाब र प्रभावमा पारी इसेवामावर्फत उनले उक्त रकम ठगी गरेको आरोप छ ।पक्राउ परेका गुप्ताविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।





