एसपी रिपोर्टर
काठमाणडौं, ३२ असार
: सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापान सरकारबाट थप ऋण लिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने  जापानी येन ५ अर्ब ७० करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।