एसपी रिपोर्टर
काठमाणडौं , ३१ असार
: मिथिलाञ्चलसहित तराई मधेसका नव विवाहित महिलाले १५ दिनसम्म गर्ने मधुश्रावणी पूजा मंगलबारदेखि सुरू भएको छ ।

देव, ब्राह्मण, कायष्थ, सोनार लगायत जातजातिका नव विवाहिता महिलाले अखण्ड शौभाग्यवति, पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै परापूर्व कालदेखि गर्दै आएको मधुश्रावणी पूजा विधिवत रूपमा मंगलबारदेखि सुरू भएको हो ।यो पूजा माइतीमै गरिने भएकोले पूजा सुरू हुने अघिल्लो दिन ब्रतालु महिला तथा पूजाका लागि चाहिने सामग्री लुगा, श्रृङ्गारको सामान पूजा गर्नका लागि हात्ती, नागनागिन,फल फूल दुध, लावा ब्रतालु महिलाले लगाउने पहिरनको सामाग्री ब्रतमा खाने सामग्री श्रीमानको घरबाट आउने चलन छ ।१५ दिनसम्म चल्ने यस पूजामा शिव पार्वती, नागनागिनको जीवनमा आधारित कथा विस्तृत रूपमा कथा बाचिकाले भन्ने र ब्रतालु महिलाले सुनेर विवाहपछि आफ्नो वैवाहिक जीवनलाई सहज रूपमा कसरी अगाडि बढाउने विषयमा सिकाई हुने भएकोले मिथिला अञ्चलमा मनाइने मधुश्रावणी पुजाको छुट्टै महत्त्व र विशेषता रहेको गत वर्ष मधुश्रावणी पुजा गर्नुभएकी राजविराज नौं कि नेहा देवले बताउनुभयो । उहाँले भन्नुभयो, यो पूजामा मानको पात,बेलपात,धानको लावा, गाई दूध, केरा विभित्र किसिमको फलफूल लगायत अधिकांश सामाग्री प्रकृतिसँग जोडिएकोले यश पुजा मार्फत प्रकृतिलाई संरक्षण गर्ने सन्देश समेत दिँदै आएको छ ।यस पूजा अवधि भर शिवपार्वती, नागनागिन (बिसाहा)संग जोडिएको कथा भन्ने महिलाहरू मिलेर विभिन्न गीत गाउने, ब्रतालु महिला साथीसंग मिलेर समूहमा टोल छिमेकको घर घर गई धेरै भन्दा धेरै फुल टिपेर ल्याउने र भोलिपल्ट पुजामा चढाउने चलन रहेको छ । पूजामा कथा सुन्ने, कथा भन्ने, गीत गाउने, फुल टिप्ने, पुजा गर्ने सबै महिलाले नै गर्ने भएकोले यश पुजाले महिलालाई नेतृत्व गर्न समेत सिकाएको छ । यो पुजा नागपञ्मीको दिनदेखि शुरूभई श्रावण शुक्ल तृतीयाको दिन सम्पन्न हुने भएको छ ।सप्तरीसहित तराई मधेसमा केहि जातजाति समुदायले आजै नाग देवताको दुधलावा, मिठाई र फुल चढाएर घरघरमा पूजाआजा गरेका छन् ।