एसपी रिपोर्टर
धनुषा, २९ असार : धनुषामा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर ४ रमौलस्थित दुर्घटना भएको हो ।
रमौलदेखि दक्षिणतर्फको सडक खण्डमा शनिबार साँझ भएको मोटरसाईकल दुर्घटनामा धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ४ मधुकरीका २५ वर्षीय उदय राउतको मृत्यू भएको हो ।उदय राउत मधेस प्रदेश ०२–००५ प ल ८८४२ नम्बरको मोटरसाइकलमा सवार थिए। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको थियो । गम्भिर घाईते भएका राउतलाई उपचारको लागि प्रादेशिक अस्पताल पुरयाएकोमा उनको बाटोमै मृत्यू भएको थियो ।





