एसपी रिपोर्टर
काठमाडौं , २८ असार
: प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका हुन् ।उनले भनेका छन्– ‘साफ यु–२० उमन्स कपमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई ।’शुक्रबारदेखि बङ्गलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरु भएको छ ।