एसपी रिपोर्टर
काठमाणडौँ,असार २७ : प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले ३ किलो ४०० ग्राम लागुऔषध कोकिनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुस समद जमल मन्सुरी छन् ।
कतार एयरवेजको उडानमार्फत अजरबैजानबाट दुई दिनअघि काठमाडौं आएका मुम्बई ठेगाना भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको पार्किंङ क्षेत्रबाट नियन्त्रणमा लिइएको ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।नका अनुसार, ब्युरो अन्तर्गत विमानस्थलमा खटिएको टोलीले यात्रुको ‘क्रिमिनल प्रोफाइलिङ’ क्रममा उनीमाथि शंका गरिएको थियो । त्यसक्रममा पार्किङमा जाँच गर्दा उनले बोकेर ल्याएको झोलाभित्र कोकिन बरामद भएको कोइरालाले बताए ।उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।पछिल्लो समय थाइल्यान्डबाट समेत हाइब्रिड गाँजा र कोकिन काठमाडौं आउने गरेको छ । हवाई मार्गबाट आउने यी लागुऔषधको अन्तिम गन्तव्य भारतीय शहरहरू हुने गरेका छन् ।





