एसपी रिपोर्टर
काठमाणडौँ, असार २७ : नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन् ।सहमति पत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ ।तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतले भंग गरेपछि बामदेव गौतम कतै पनि नलागी २५ पुसमा नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।सुरुमा नेकपा एमालेमा जान खोजेका उनी पछि अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिएका थिए । आज भने उनले ओली नेतृत्वकै नेकपा एमालेबाट अलग भएका माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।





