एसपी रिपोर्टर
काठमाणडौँ , असार २४
: प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबिच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन् ।रसुवामा गएराति आएको बाढी र राहत तथा पुनस्थापनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।  प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको विषयमा कांग्रेसका नेताहरूलाई जानकारी गराउने बुझिएको छ ।सोमबार सकिएको कांग्रेसको केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन पुरा समयसम्म रहनेगरी सरकारको काम कारबाही थप प्रभावकारी बनाउन ९ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।यस्तै संघीय निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ अफ पिरियड हेरफेर प्रकरणमा छानबिन समिति गठन, भिजिट भिसा प्रकरण लगायत विषयमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिए ।