एसपी रिपोर्टर
काठमाणडौं , २३
: बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ । परिवर्तित नाम २६ परिसर २६ नामबाट उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठलाई अनुसन्धानको दायरमा ल्याई कारबाहीको माग गर्दै उजुरी परेको हो ।गिरीकी पूर्वपत्नी आरती रावलले उनीविरुद्ध वैवाहिक बलात्कार र बलात्कार कसुरमा मुद्दा दायर गरेकी थिइन् । २०७५ सालमा गिरीले रावलसँग बिहे गरेका थिए । दोस्री श्रीमतीका रूपमा गिरीले रावललाई विवाह गरेको केही समयमै सम्बन्ध बिग्रिएपछि २०७९ मंसिरमा रावलले गिरीविरुद्ध कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् ।वैवाहिक बलात्कारको मुद्दा चलिरहेकै वेला २०७९ चैत २७ गते राति र २८ गते दिउँसोसम्म गरेर ८ पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।वैवाहिक बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएकोमा सर्वोच्च अदालतले २०८० चैत २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बहस चलिरहँदा रावलले इजलासमै विष सेवन गरेपछि सर्वोच्चले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।२०८१ जेठमा अन्तिम फैसला गर्दै जिल्ला अदालत काठमाडौँले भुवन गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवानाको फैसला गरेको थियो । तर उच्चले गत उक्त फैसला उल्टाउँदै सफाइ दिएको थियो ।न्याय परिषद्मा दिइएको उजुरीमा पीडितलाई बन्धक बनाई पटक–पटक करणी गरेको दाबी गरिएको छ । करणीबाट असहनीय पीडा भएपछि प्रहरी गुहार्दै घटनास्थलमै प्रहरी आएर पीडितको उद्धार गरेकोमा त्यसलाई सहमतिको सम्बन्धका रूपमा व्याख्या गरी सफाइ दिएको आरोप न्यायाधीशद्वयमाथि छ ।