एसपी रिपोर्टर
काठमाणडौं, २३ : पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् । काठमाडौंस्थित निर्मल निवासमै उनले जन्मदिन मनाइरहेका छन् ।
जन्मदिनका अवसरमा दशैंको टीकामा जस्तै निर्मल निवास सर्वसाधारणका लागि खोलिएको छ। अहिले निर्मल निवासमा सर्वसाधारणदेखि राजावादी नेता-कार्यकर्ताको पनि बाक्लो भिड लागेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही निर्मल निवास पसेर पूर्वराजालाई जन्मदिनको शुभकामना दिइसकेका छन् ।जन्मोत्सवको अवसरमा शुभकामना तथा आशिर्वाद ग्रहणका लागि निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएपछि लामो लाइन लागेको छ ।पूर्वराजाको संवाद सचिवालयले जन्मोत्सवको दिन सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक र राजावादी दलका कार्यकर्ताका लागि खुला गरिएको छ ।अहिले पूर्वराजालाई बालबालिकादेखि वृद्ध वृद्धासम्मले जन्मदिनको शुभकामना र बधाई दिइरहेका छन् ।





