एसपी रिपोर्टर
काठमाण्डौं, असार २० : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दुई कार्यकालभन्दा बढी बैंकमा काम गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा जारी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सिंहले यस्तो धारणा राखेका हुन् ।“दुई कार्यकालभन्दा बढी सीईओ हुन दिनु हुँदैन, एउटै व्यक्तिले कार्टेलिङ गर्ने काम भएको छ,” उनले भने । ६ महिनाको कुलिङ पिरियड राखेर पटकपटक सीईओ हुने व्यवस्था खारेज गर्नुपर्ने उनको भनाइ । बैंकहरूले उत्पादनशील क्षेत्रमा ऋण पठाउनु पर्ने उनको भनाइ छ ।



