एसपी रिपोर्टर
काठमाणडौँ , असार १९
: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि आगामी बैठकले उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव पेस भएको हो । सोही विधिमार्फत अर्को बैठकले उम्मेदवार छनोट गर्ने निर्णय भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।‘योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव विधि प्रस्तावित भयो । त्यस विधिमाथि आगामी बैठकले टुङ्गो लगाउने निर्णय भयो । केही उम्मेदवारहरूको प्रस्ताव आएका छन् । केही आउन बाँकी छन् ।तथापि पार्टीले योग्य उम्मेदवार छनोट विधि बनाउने सोही विधिमार्फत योग्य उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ’, उनले भने । उम्मेदवारको विषयमा सागर ढकाल, कुलमान घिसिङ लगायत कुनै व्यक्ति छनोट हुन सक्ने भए पनि व्यक्तिको बारेमा प्रवेशै नगरेको बुर्लाकोटीले दाबी गरे । ‘व्यक्तिमा प्रवेश गरिएन । तर योग्य उम्मेदवार छनोट गर्न विधि नै बनाएर जाने भन्ने छ । छनोटका लागि छुट्दै नछुट्ने प्राइमरी इलेक्सन हो । स्थानीय सदस्यहरूको पनि भूमिका रहने गरी उम्मेदवार छनोट विधि प्रस्ताव भएको छ । त्यसको आउने आइतबार बैठक बसेर टुङ्गो लाग्छ’, उनले भने ।