एसपी रिपोर्टर
महोत्तरी, असार १९ : महोत्तरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका–१० जलिल टोल बस्ने दिनेश मण्डलकी छोरी ११ वर्षीया छोरी करीणा कुमारी मण्डलको डुबेर मृत्यु भएको हो ।उनको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।



