एसपी रिपोर्टर
काठमाणडौँ , असार १८ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा निवेदन दिएकी छन् ।
उनले असार १८ गते अर्थात् आजकै मितिबाट लागू हुनेगरी सेवा सुविधा नलिने गरि निवेदन दिएको भण्डारी निकट श्रोतले जनायो ।‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा नलिने निवेदनको ब्यहोरा रहेको छ’ स्रोतको भनाइ छ । भण्डारीले असार १४ गते आफू एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन् । गृहमन्त्रालयले पनि भण्डारीले सेवा सुविधा फिर्ताका लागि निवेदन दिएको बताएको छ ।



