एसपि रिपोर्टर
जनकपुर, असार १५
: २२औं राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सवको अवसरमा अखिल नेपाल किसान महासंघको आयोजनामा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

मुसर्निया गाउँपालिका–४, फेचहास्थित मुखियापटिमा आयोजित कार्यक्रममा पूर्वमन्त्री जुली महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। उहाँले खाद्य सुरक्षामा आत्मनिर्भरता हासिल गर्नका लागि धान बालीमा सघनता आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रममा सहभागी किसानहरूले असार १५ को सांस्कृतिक र कृषि–आर्थिक महत्त्वलाई उजागर गर्दै रोपाइँ महोत्सवलाई उत्सवका रूपमा मनाए। परम्परागत भेषभूषा, गीत–संगीत र खेतमै रोपाइँ कार्यमा सहभागी भई उनीहरूले कृषि सशक्तीकरणप्रति प्रतिबद्धता प्रकट गरेका थिए।जिल्ला अध्यक्ष भोला यादवसहितका उपस्थितिमा सम्पन्न कार्यक्रममा आत्मनिर्भर कृषि प्रणालीको विकास, खाद्य सुरक्षाको सुनिश्चितता र किसानको सम्मानलाई प्राथमिकतामा राख्दै धान उत्पादनमा अझ बढी ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको थियो।