एसपि रिपोर्टर
काठमाणडौँ, असार १४
: प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक सुरु भएको हो । विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।छलफलको क्रममा आज माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने वा नराख्ने भन्नेबारे छलफल थालिएको छ ।समितिले प्रतिवेदनमाथि छलफल सकेर प्रतिनिधिसभामा विधेयक पठाउने तयारीस्वरुप पछिल्ला केही दिन लगातार छलफल गरिरहेको छ ।