एसपि रिपोर्टर
पर्सा , असार १३
: आस्थाको केन्द्रबिन्दु तथा शक्तिपीठको रूपमा रहेको वीरगन्जमा प्रख्यात गहवामाईको रथयात्रा भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ ।

गहवामाइ तीर्थस्थल क्षेत्र विकास समितिको आयोजनामा तेस्रो रथयात्रा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायतका सहभागितामा वीरगन्जका विभिन्न ठाउँ तथा धार्मिक स्थलहरुको परिक्रमा गरी माइस्थान मन्दिर गहवामाईको परिसरमा आई सम्पन्न भएको हो ।आयोजक समितिका अध्यक्ष एवम् गहवामाई तीर्थस्थल क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलका अनुसार प्रत्येक वर्ष गहवामाईप्रतिको आस्था र विश्वास बढ्दै गएको र अन्य वर्षको तुलनामा यस वर्ष भक्तजनको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।अध्यक्ष पोखरेल प्रत्येक वर्ष झैँ यस वर्ष पनि गहवामाई तीर्थस्थल क्षेत्र विकास समितिले शनिबार महाप्रसादको आयोजना गर्ने र महाभोजमा लगभग ५० हजार भक्तजन सहभागी हुने अनुमान गरी सोही अनुरूपको तयारी भइरहेको जानकारी दिनुभयो ।