एसपि रिपोर्टर
काठमाणडौँ , असार १२
: नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरू हुने प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ । प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रहरूबाट तीन जनाका दरले सहभागिता रहने छ । कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव अमृत कार्कीका अनुसार प्रशिक्षण कार्यक्रममा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट तीन जनामध्ये एक जना महिला अनिवार्य गरिएको छ । उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानले बागमती प्रदेशबाट प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको हो । प्रतिष्ठानले अब यसपछि कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको तयारी गरेको छ ।