एसपि रिपोर्टर
राजविराज , असार १२ : सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भागेका थुनुवा डेढ महिनापछि पक्राउ परेका छन् ।
चोरी मुद्दामा २०८१ पुस ६ मा पुर्पक्षका लागि कारागार पठाइएका शम्भुनाथ नगरपालिका–११ का ३५ वर्षीय रमानन्द मण्डल गत वैशाख १५ गते राति कारागारबाट भागेका थिए ।खोजी भइरहँदा उनलाई घरको आसपासबाटै बुधबार पक्राउ गरिएको डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।तर, उच्च सुरक्षा सर्तकता र चारैतिर अग्लो पर्खाल रहँदासमेत थुनुवा कसरी भागेको विषय यकिन गर्न सकिएको छैन ।सो विषयमा अनुसन्धान भइरहेको छ भने मण्डलमाथि कारागार ऐन २०७९ अनुसार कारागारबाट भागेको कसुरमा म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



