एसपि रिपोर्टर
काठमाणडौँ , असार ९ : भारतका पूर्व उपराष्ट्रपति एम. बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्दवय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन् ।
शनिबार प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बंग्लोरमा पुगेका सांसदद्वय गौतम र ढकालले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन् ।उक्त भेटवार्ताका क्रममा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको सांसद गौमतले जानकारी दिइन् ।त्यस्तै, आफूहरूले पार्टीका मुल दृष्टिकोण राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत जानकारी गराएको सांसद गौतमले जानकारी गराएकी छिन् ।‘यो भेटवार्ता पूर्णत: अनौपचारिक प्रकृतिको थियो । उहाँको आत्मीयता, अनुभव र विचारप्रति हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौं,’ सांसद गौतमले भनेकी छिन् ।यस्ता संवादहरूले क्षेत्रीय सहकार्य, आपसी समझदारी र जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरेकी छिन् ।उपराष्ट्रपति नायडूलाई भारत सरकारले दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणले सम्मानित गरेको थियो ।सांसद गौतम र ढकाल कर्नाटकमा आयोजित पार्टीको सभामा सहभागी भएका थिए । सो क्रममा उल्लेख्य संख्यामा समर्थकको उपस्थिति थियो ।सोही सभालाई सम्बोधन गर्दै सांसद गौतमले आगामी निर्वाचनमा सहभागी हुनेगरी तयारी गर्न पार्टीका शुभेच्छुकलाई आग्रह गरेकी थिइन् ।



