एसपि रिपोर्टर
काठमाणडौँ , असार ८ : स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको छ भने र चाँदी १० रुपैयाँले घटेको छ ।महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ तथा सोही परिमाणको चाँदीको मूल्य दुई हजार १६० रुपैयाँ निर्धारण भएको छ ।गत शुक्रबार प्रतितोला सुन एक लाख ९४ हजार ७०० रुपैयाँ र चाँदी दुई हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



