एसपि रिपोर्टर
जनकपुरधाम , असार ८
: मधेश प्रदेश सरकारको बागडोर सम्हालेको जनमत पार्टीले राष्ट्रिय परिषद् समन्वय बैठकसँगै प्रशिक्षण कार्यक्रम अघि बढाएको छ ।

जनमतका संगठन विभाग प्रमुख जयकान्त राउत भने प्रशिक्षणका लागि हाल मधेशका जिल्लामा खटिएका छन् ।सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा प्रशिक्षण कार्यक्रम सकेको जनमतले आइतबार बारा र सोमबार पर्सामा प्रशिक्षण कार्यक्रम गर्दैछ । प्रशिक्षणमा समसामयिक राजनीति, पार्टीको भावी योजना, सांगठनिक रणनीति र निर्वाचन तयारीका विषयमा नेता–कार्यकर्तालाई जानकारी गराइएको छ ।‘राजनीति नारामा मात्र सीमित छैन । यो अब व्यवस्थापन र नेतृत्व क्षमतामा निर्भर छ,’ राउतले भने,‘स्थानीयदेखि केन्द्रसम्म सक्षम नेतृत्व विकास नगरेसम्म वैकल्पिक राजनीतिको यात्रालाई मजबुत बनाउन सकिँदैन, हामीले प्रशिक्षणमार्फत यही सन्देश दिइरहेका छौं ।’