एसपि रिपोर्टर
काठमाणडौं ,असार ६ : इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले २४ सै घण्टा सञ्चालन हुने गरी परराष्ट्र मन्त्रालयमा हेल्प डेस्क राख्ने भएको छ ।
डेस्कमा परराष्ट्रसहित गृह, श्रम तथा रोजगार र पर्यटन मन्त्रालयका अधिकारीसमेत हुनेछन् । परराष्ट्र मन्त्रालयमा आज चार मन्त्रालयका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पहलमा बसेको बैठकमा श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी पनि उपस्थित थिए । गृह र पर्यटन मन्त्रालयबाट भने सचिवको प्रतिनिधित्व रहेको थियो ।परराष्ट्रमन्त्री राणाले बैठकमा स्वदेश फर्कन चाहने नेपालीहरूलाई मन्त्रालयले स्थापना गरिएको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, युद्धपछि उत्पन्न अवस्थालाई गम्भीर रुपमा हेरिएको बताइकी थिइन् ।मन्त्रालयस्तरीय छलफलमा इजरायल र इराकमा उत्पन्न असहज अवस्थाको कारण स्वदेश फर्कन चाहने नेपालीलाई कसरी उद्धार गरी ल्याउने भन्नेबारे छलफल भएको मन्त्री राणाले जानकारी दिइन् ।



