एसपि रिपोर्टर
काठमाणडौं ,असार ६
: जनता समाजवादी पार्टीको सङ्घीय परिषद्को बैठक सुरु भएको छ । २०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए ।अलग भएपछि जसपा सङ्घीय परिषद्को पहिलो बैठक हो । यो बैठक भोलीसम्म चल्नेछ । जसपा सङ्घीय परिषद्का संयोजक राजेन्द्र श्रेष्ठले बैठकमा ‘समाजवादको नेपाली बाटो : सङ्घीय समाजवादी पार्टी नीति तथा कार्यक्रम’ सम्बन्धी राजनीति प्रस्ताव प्रस्तुत गर्नेछन् ।सो प्रस्तावमाथि परिषद्का सदस्यहरूले आआफ्नो धारणा राख्ने बताइएको छ । सङ्घीय परिषद् ४१३ सदस्यीय रहेको छ ।