एसपि रिपोर्टर
पर्सा, असार २
: पर्सा जिल्लाको वीरगंज महानगरपालिका–६ रेशमकोटीबाट असार १ गते लुकाई छिपाई राखेको करीब २२ लाख ७१ हजार रुपियाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।

सोही ठाउँको एक घरमा भारतबाट अवैधरुपले ल्याएर लुकाई छिपाई गोदाम गरि राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार साँझ छापा मारेको थियो । सो क्रमामा ठूलो मात्रामा फेन्सी कपडा बरामद भएको हो ।बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि सोमबार  विरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जानकारी सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो ।