एसपि रिपोर्टर
महोत्तरी, असार १
: रामगोपालपुरमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार राति १४ वर्षीया किशोरीलाई बलात्कार गरेको जानकारी आएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए ।’किशोरीको अभिभावकले दिएको उजुरीका अधारमा तत्कालै आरोपितहरूलाई नियन्त्रणमा लिएका छौं,’ प्रहरी उपरीक्षक शर्माले भने, ‘किशोरी र आरोपितको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक अनुसन्धान, घटनास्थलको अवस्था र स्वास्थ्य परीक्षणले बलात्कर भएको देखिन्छ । अनुसन्धानबाट थप विस्तृत खुल्ने छ ।’प्रहरील पक्राउ परेका दुवै जनालाई जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए । शुक्रबार राति सडकबाट जबर्जस्ती मोटर साइकलमा राखी रामगोपालपुर नगरपालिका–४स्थित पानी उद्योगमा ल्याएर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।