जनकपुरधाम, साउन १:
नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशसम्बद्ध इन्जिनियरहरूले वृक्षारोपण तथा राहत वितरण गरेका छन् ।आइतबार जनकपुरधाममा नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले ६० औं इन्जिनियर दिवसको अवसरमा वृक्षारोपण तथा राहत वितरण कार्यक्रम गरेको हो । इन्जिनियरहरूले रामानन्द चौकदेखि पिडारी चौकसम्म मुख्य सडकमा वृक्षारोपण गरेका छन् ।
त्यस्तै, उनीहरूले जानकी वृद्धाश्रममा पंखा तथा खाद्या सामग्रीहरू राहतका रूपमा सहयोग गरेका छन् । इन्जियिनर दिवसको अवसरमा एशोसिएशनले सोमबार रक्तदान कार्यक्रम गर्ने पनि जनाएको छ ।





