एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २५ : धनुषा क्षेत्र नं. ४ का प्रतिनिधीसभा सांसद तथा नेकपाका स्थाई कमिटि सदस्य रघुविर महासेठले नेकपा र वर्तमान सरकार विरुद्व षडयन्त्र भइरहेकाले कुनै पनि षडयन्त्र सफल नहुने बताएका छन् । धनुषाको मिथिला विहारी नपा सहित विभिन्न स्थानहरुको कार्यक्रममा सहभागिता जनाउदै महासेठले नेकपा र पार्टी नेतृत्वको वर्तमान सरकार विरुद्व पार्टी भित्र वाटै पनि जालझेल भइरहेकाले कार्यक्रता सवै बुझिरहेको बताए ।
पुर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका महासेठले आज मिथिला विहारी नगरपालिकाको वडा नं. ४ रमौलमा आयोजित मेयर कप फुटबल प्रतियोगीताको समुदघाटन गर्दै यस्तो बताएका हुन । फुटबलमा किक प्रहार गरि प्रतियोगीता शुभारम्भ गरेका पुर्व मन्त्री महासेठ जनक नन्दनी गाँउपालिकामा नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा समेत सहभागिता जनाएका छन् ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रवण यादव बरबरिया, नेकपा केन्द्रिय सदस्य तथा सह–इन्चार्ज योग नारायण यादव, प्रदेश सभा सदस्य रामचन्द्र मण्डल, नेकपा केन्द्रिय सदस्य तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो, पुर्व जिबिस सभापति रामचरित्र साह, नेकपा प्रदेश कमिटी सदस्य मनोज खडका, मिथिला बिहारी नपाको मेयर अनिल कुमार यादव, बिदेह नपाको मेयर बेचन दास, जिल्ला कमिटी सदस्य संजिब यादव, नेकपा जिल्ला सदस्य तथा फुटबल संघ जिल्ला अध्यक्ष शुरेश शर्मा सहित नेकपाका केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।