एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३ : कांग्रेसका नेताहरुले पनि संघियता देशमा अव आवश्यक नरहेको टिप्पनी गर्न थालेका छन् । जस्को नेतृत्वमा संविधानसभा, संविधान र संघियता आयो उनै पार्टीका नेताले खुल्लेआम संघियताको विरोध र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्न थालेका छन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री शंकर भण्डारीले विहिवार नेपाली कांग्रेसको धनुषा पार्टी कार्यालयमा नेता कार्यक्रताहरुसंगको भेटघाटका क्रममा भने, ‘पालिकाहरुनै संघियता हो, प्रदेश सरकार र धर्मर्निपेक्षता देशको लागि घातक सावित भइरहेको छ ।’ उनले कांग्रेसको अगामि उत्कृष्ट एजेन्डा हिन्दुराष्ट्र हुनपर्ने नभए मत कहाँबाट आँउछ ? भन्ने प्रश्न गरे ।
२०६४ संविधानसभामा माओवादीको प्रचण्ड बहुमत आयो तर संविधान बनाउन सकेन उनले भने, ‘नियोजित रुपमा सबै कामको अगुवाई कांग्रेसबाट गर्न लगाएर बदनाम गर्ने काम भयो ।’ संविधानसभा, संविधान र संविधान भित्रको धर्मनिरपेक्षता सबै कांग्रेसकै नेतृत्वमा ल्याउने काम भएर कांग्रेसलाईनै सबै दोष देखाउने तर राम्रो कामको जश नदिने गरिएकाले बदनामी भइरहेको उनको तर्क थियो ।
कांग्रेस भित्र गुट अवसरवादको कारण पलाएको भन्दै उनले कार्यक्रता नमस्कार र लम्पसार परे सम्म नेता र गुट हावी रहने भन्दै उनले नेतालाई नमस्कार भन्दा पनि पार्टीको के छ ? हिसाव माग्न कार्यक्रताहरुलाई आग्रह गरेका छन् । उनले पार्टीको धनुषा भित्रको समस्या समाधानका लागि वरिष्ठ नेता विमलेन्द्र निधी सहितकाले पहलकमदी लिनुपर्ने बताए ।
सो अवसरमा पार्टी धनुषाका सभापति योगेन्द्र पजियार, नेता दिनेश प्रसैला यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रम्ुख मनोज कुमार साह, पल्टन साह सहितको उपस्थिती थियो । नेता प्रसैलाले स्वयम संघियताको पक्षमा रहेको यद्यपि हिन्दुराष्ट्र देशका लागि खराब नहुने बताए ।