एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ : मधेशको राजनितीमा बैशाख ३० गते आइतवार स्मरण गरिनेछ त्यसका दुई कारण हुनेछ । पहिलो या कि जसपा पहिलो पटक प्रतिपक्षको बेञ्च इन्जोय गर्ने छ नभए पुनः उलटफेर गरि ‘मधेशमे हम हि है’ भन्ने साबित गर्न सक्छ । दोस्रो कारणमा गणितीय हिसावले कुनै दम नभएपनि जनमत र लोसपा बइमान बने सजिलै सम्भव हुन सक्छ र यस्ता प्रचार जसपा नेपालका नेता कार्यक्रता गर्न थालेका छन् ।
सोमवार जसपा नेपालका सुप्रिमो उपेन्द्र यादव केन्द्रिय सत्ताबाट बाहिरदै सम्हाल्दै आएको उपप्रधान र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको पदबाट राजिनामा दिएका छन जस्ले जसपा नेपाल सत्ताच्युत हुने प्रचुर सम्भावना देखाइरहेको भएपनि मधेशमा जसपा नेपालका नेता कार्यक्रता भने अझै खेला भई आफनै नेतृत्वको सरकार थयावत रहने दावी गर्न थाल्नुको कारण के होला ? यस्ता छन कारण :
लोसपा निर्णायक र कांग्रेसमुखी
आइतबार एमाले र माओवादी जसपा नेपाल नेतृत्वको सरकार ढाल्न आफु सरकारबाट मात्र बाहिरएनन लोसपा र जनमतका नेताहरुसंग हातमा हात जोडेर एक फोटो पनि खिचाए र सञ्चार माध्यम तथा समाजिक सञ्जालमा भाइरल गराए । जसपा नेपालका नेता कार्यक्रताहरु अव लोसपा माथी भर पर्न थालेका छन् । एमाले र माओवादी समिकरणमा नभई नहुने देखिएको लोसपा हाल संघिय सत्ता बाहिर रहेकाले मधेशमा एमाले र माओवादी संग नजाने र त्यसमा कांग्रेसको पनि भुमिका भएर उलटफेर हुने आंकलन गर्न थालिएको छ । लोसपा कुनै पनि मोर्चा वा गठबन्धनमा नगएको भनि लोसपाका महासचिव मनिष मिश्रा र वरिष्ठ नेता सर्वेन्द्रनाथ सुकलाको पछिल्लो टिप्पनीले जसपा नेपालमा भरोसा छाएकै हो । लोसपा संग हाल ८ निर्णायक सिट संख्या रहेको छ ।
कांग्रेसको आर्शिवादले मुख्यमन्त्री ताक्दै जनमत
तस्वीरमा जनमतका नेता महेश प्रसाद यादव पनि हातमा हात जोडेर हाँस्दै गरेको देखिन्छ । तर उनले केहि सञ्चार माध्यममा भनेका छन, ‘हामी जसपा नेपालको बिकल्पमा अगाडि बढन थालेको एमाले र माओवादीको मनोबल मात्र बढाएका हौं गठबन्धनै गरेका छैनौं ।’ यो टिप्पनी पनि जसपा नेपालको हालको दुःखमा एक मलहम नै हो ।
जनमतको यस टिप्पनीले पनि जसपा नेपाल हौसिएको हुन सक्छ । तर जनमत र लोसपाले जसपा नेपाललाई नै मुख्यमन्त्री दिएर अगाडि बढ्न सक्ने कुनै पनि सम्भावना भने छैन । यस अघि जसपा नेपालकै धोका र हेपाईका कारण सरकारबाट बाहिरएको जनमत र लोसपा यस्तो बेलामा पनि जसपा नेपालकै नेतृत्वलाई अगाढि बढाउन चाहन्छ भन्नु मुर्खता हुनेछ । यो खेलमा मुख्य भुमिका कांग्रेसको हुनेछ । या कि आफनो नेतृत्वमा जसपा नेपाल, जनमत र लोसपा र नेकपा एस सहितको सरकार नभए बाध्यात्मक स्थितीमा मधेशका अर्को लोकप्रिय पार्टी जनमत वा नेकपा एसलाई मुख्यमन्त्री दिएर कांग्रेस नयाँ गेम गर्न सक्ने सम्भावना भने नहोला भन्न सकिन्न् ।
र यदि संघिय सरकार पनि कांग्रेस र एमालेले बनाउन सक्छ भन्ने देशमा हाल चलिरहेको चर्चा भित्र अलिकति मात्र पनि यदि सत्यता छ भने कांग्रेसले त्यो पनि गर्न चाहदैन । वर्तमान मुख्यमन्त्रीको कमजोर कार्यसम्पादनका कारण जनता र प्रदेशको राजनितिक दलमा देखिएको नैरास्यताका कारण कांग्रेसले पनि जसपा नेपालको हालकै नेतृत्व यथावत राख्ने पक्षमा रहने सम्भावना न्युन छ ।