एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २८ : विहिवार एकाएक मधेश प्रदेश प्रदेश सरकारबाट माओवादीले समर्थन फिर्ता लिने हल्ला चल्यो । सर्लाहीमा चिनिया राजदुत सहित एक कार्यक्रममा रहेको भनिएका एमालेका मन्त्री र राज्यमन्त्रीहरु अचानक कार्यक्रम छाडेर मधेश मुख्यालय जनकपुरधाम फर्किए । माओवादीले केहि गर्दा कसरी सत्ता सम्हाल्ने भन्ने भय एमालेमा थियो ।
जे जसो भएपनि जसपा नेपालको मुख्य आधार क्षेत्र मधेशमा आफनो बर्चश्व यथावत राख्न उपेन्द्र यादव जस्तो सुकै कदम चाल्न बाध्य हुने हेक्का हरेक राजनितिक दलमा नभएको पनि होइन तर माओवादीलाई अर्थ मन्त्रालय दिने सहमती गरेर पछि हट्न चाहेका मुख्यमन्त्री जसपाको फुटपछि झस्किएकै हो । आफनो सत्ता निरन्तर राख्न मुख्यमन्त्रीको अहिलेको अवस्थामा अव माओवादीले जे चाह्यो त्यै दिनुपर्ने बाध्यतात्मक स्थिती जसपाका लागि बनेको छ ।
स्रोतका अनुसार माओवादीले त्यस्तो गर्न सक्ने हल्ला चलेपछि त्यसपछिको परिणाम नेतृत्वनै खोसिने सक्ने हेक्का जसपा नेपाललाई भइसकेको छ । स्रोतका अनुसार सो हल्ला पछि जसपा नेपाल र माओवादी नेतृत्व बिच कम्तिमा अगामि बजेट ल्याउने दिन सम्म सहमतीमा जाने सहमती भएको छ । अगामि बजेटमा माओवादीले चाहे अनुसारको बजेट बिनियोजनमा सहयोग सहित बजेट पछि मन्त्री परिषदमा हेरफेर र मन्त्रालय भागबण्डा परिवर्तण हुने देखिन्छ ।
माओवादी केन्द्र मधेशका संसदिय दलका नेता भरत साहले विहिवार नै जारी गरेको विज्ञप्तीको संकेत यहि हो कि विगतमा जसपाले बजेट बिनियोजन र भाषणमा गर्दै आएको मनमानी अव चल्न दिइने छैन त्यसमा सबैको मञ्जुरी खोजिएको छ ।
हेर्नोस बिज्ञप्ती
अर्थ मन्त्रालयमा मुख्यमन्त्रीबाट धोका पाएर समर्थन नै फिर्ता लिने सम्मको हल्ला चल्दा पनि माओवादी निकालेको यो विज्ञप्तीको आशय तत्काल प्रचण्ड र उपेन्द्र बिचको सहकार्य र सदभावलाई यथावत राख्ने स्पष्ट देखिन्छ । यस मानेमा अव वर्तमान मधेशको सरकार जसपा नेपालको महाधिवेशन र अगामि बजेट सम्म यथावत चल्ने संकेत गर्दछ ।