एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट हाल १४ लाख ५३ हजार मात्र बरामद भएको हो ।
गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ थुमौना कटेपछि पेस्तोल देखाएर ८० लाख लुटेका थिए । पैसा सहित महतो सहकारीको मुख्य कार्यालय धनुषाको रघुनाथपुर तर्फ जादै थिए ।