एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३० : माओवादीले मधेश सरकारबाट मन्त्रीको राजिनामा र समर्थन फिर्ता लिएको केहिवेरमै मधेशको ठुलो दल एमालेले पनि मुख्यमन्त्रीलाई मन्त्रीहरुको सामुहिक राजिनामाको पत्र थमाएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवलाई भेटेर एमालेले आफना चार मन्त्री र दुई राज्यमन्त्रीको सामुहिक राजिनामा पत्र मुख्यमन्त्री यादवलाई बुझाएका छन् ।
संसदिय दलका नेता तथा सरकारमा भौतीक पुर्वाधार मन्त्री सरोज यादवको अगुवाईमा मुख्यमन्त्री निवास पुगेको एमालेका मन्त्रीहरुले राजिनामा बुझाएका छन् । एमालेले भौतीक पुर्वाधारका साथै गृहसञ्चार तथा कानुन, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृती मन्त्रीका साथै गृहसञ्चार तथा कानुन र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सम्हाल्दै आएका थिए ।
संसदिय दलका नेता यादवले देशका केहि दिन एता विस्तार भएको नयाँ राजनिति घटना क्रम अनुसारनै प्रदेशहरुमा सरकार बन्ने भएकाले त्यसमा सहजताका लागि आफुहरुले राजिनामा र समर्थन फिर्ताको निर्णयमा पुगेको बताउदै अव नयाँ समिकरणमा सहभागि हुने दलहरु बिच समहती गरेर नयाँ सरकार बनाइने बताए । उनले अव सरकार चलाउने आधार नरहेकाले मुख्यमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए । एमालेले आजै प्रदेश प्रमुख कार्यालयमा सरकारलाइ दिएको समर्थन फिर्ता लिएको पत्र पनि बुझाइसकेको छ ।
एता मुख्यमन्त्री सरोज कुमार यादव भने मन्त्री परिषद पुर्नगठनको तयारीमा जुटेको बताइएको छ । उनले बिश्वासको मत सामना गर्ने मन्स्थितीका साथ अगाडि बढने भन्दै मन्त्री परिषद पुर्नगठन गर्न लागेको जसपा स्रोतले जनाएको छ ।