एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ९ : लामो रस्साकस्सी पछि मधेश सरकार विस्तार हुन लागेको छ । सत्ताधारी गठबन्धनको केन्द्रिय नेताहरुको सहमती र निर्देशन अनुसार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले आज मन्त्री परिषद विस्तार गर्न लागेका हुन ।
स्रोतका अनुसार मन्त्री परिषद विस्तारका लागि भइरहेको छलफलमा नेकपा एसका संसदिय दलका नेता गोविन्द बहादुर न्यौपाने कृषि मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । उनले आजै कांग्रेसका दुईजना मन्त्रीहरु सहित सपथ ग्रहण गर्ने तयारी छ, स्रोतले भन्यो ।। जनमत पार्टी हाल चलाइरहेको कृषि मन्त्रालय गुमाउनुका साथै सरकारमा बस्ने कि नबस्ने धर्म संकटमा पर्ने देखिन्छ । वर्तमान कृषि मन्त्री जनमतका ई. वसन्त कुशवाहा राम्रो काम गरिरहेको चर्चा थियो अव धर्मसंकटमा पर्ने देखिन्छ ।
त्यसलै गरि आजै एक बजे सपथ ग्रहण हुने गरि कांग्रेसले दुई मन्त्रीहरु भौतीक पुर्वाधार विकास मन्त्रालयमा नेपाली कांग्रेस मधेश संसदिय दलका नेता कृष्ण यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कांग्रेसकै विरेन्द्र सिंहलाई सरकारमा पठाउदै छ ।
यस संगै हाल स्वास्थ्य क्षेत्र पर्ने जसपाकी नेतृ सुरिता साह मन्त्री रहेको समाजिक विकास मन्त्रालय धरापमा पर्ने र साहलाई अन्य मन्त्रालयमा सार्नुपर्ने अवस्थाको सृजना भएको छ । मन्त्री कुशवाहा र साह पाउने नयाँ मन्त्रालय स्वीकार गर्ने कि सरकार छोडने ? भन्ने धर्मसंकटमा पर्ने भएका छन् । त्यसो त मन्त्रालयहरुको परिमार्जित नामांकरण अनुसार समाजिक विकास मन्त्रालयनै हटाइएको छ । वाँकी रहेको दल लोसपाले राम्रो मन्त्रालय पाउने अवस्था नरहेको देखेपछि असन्तुष्ट बनेको छ ।
लोसपाका नेता उपेन्द्र महतोले आफुहरुले पाउने मन्त्रालय बारे निश्कर्ष लाग्न नसकेको बताउदै मन्त्रालयको टुङ्गो लागेपछि मात्र मन्त्री को हुने भन्ने विषय प्रवेश पाउने बताए ।