एसपि रिपोर्टर
जनकपुरधाम, बैशाख २३ : नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशनबाट आफनै आसेपासे आउनुपर्छ भन्ने होडवाजी बढेपछि कुटाकुटको स्थिती श्रृजना भएको छ । विवाद यहाँ सम्म बढेको छ एक अर्का प्रति कुर्सी हानाहानको स्थिती उत्पन्न भएको हो ।
अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको छ । एक समुहले वर्तमान अध्यक्ष राजकिशोर यादव माथी कुर्सी प्रहार गरेको बताइएको छ । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेका हुन् । गत वैशाख २० देखि जनकपुरमा जारी छ । सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।
उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ । उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।
आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोके पनि तयारी नपुग्दा बिहान १० बजेको लागि तय गरेको थियो । तर, उम्मेदवारको अन्तिम मतदानमावलीका विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन ।भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेका छन् भने लक्ष्मीनारायण यादव पक्ष धर्नामा छन् । निर्वाचनमा ६३५ जनाले मतदान गर्नेछन् ।

जनकपुरधाम उपमहानगरपालिकामा करिव २३ सय सदस्य छन तर ति २३ सय सदस्यहरुको सदस्यता वितरण गर्ने अगुवा सक्रिय उपमहानगरकै पदाधिकारीलाई अधिवेशनमा तलमाथी गर्ने भयले सदस्यता र प्रतिनीधिहुनबाटै बञ्चित गरिएको छ ।
एमाले स्रोतका अनुसार धनुषा जिल्लाको क्रियाशिल सदस्यका लागि २५ हजारको शुल्क सहित सदस्यता केन्द्रमा पठाइएको भएपनि १७ हजारको मात्र स्वीकृत भएर आएपछि खैलाबैला मचेको छ । निर्वाचन र पक्रियामा आफना आसेपासे मात्र भाग लिएर नेतृत्वमा आओस भन्ने मनशायले धेरै जेनुन क्रियाशिल युवाहरु सदस्यताबाट बञ्जित गरिएको गुनासो एमाल भित्र छ ।





