एसपी रिपोर्टर
जनकपुरधाम, पुष ३ : ४० नकटेका प्रतिष्ठित युवाहरुको सञ्जाल नेपाल जेसीजको पाँचौ पटक जनकपुरधाममा महाधिवेशन हुन लागेको छ । सन १९७७, १९९३ २००३, २०१८ पछि पाँचौ पटक आतिथ्यताको अभिभारा पाएको जनकपुर जेसिज आवद्व युवाहरु व्यस्त र उत्साहित छन् ।
१९७६ मा स्थापना भई स्थापनाको दोस्रो वर्षमै १९७७ मा दोस्रो महाधिवेशनको आयोजना गर्ने अवसर जनकपुर जेसिजले पायो, स्मरण गर्छन नेपाल जेसीजको केन्द्रिय उपाध्यक्ष समेत बन्न सफल जनकपुरका जेसिज अगुवा मनिष रमण साह । त्यसपछि सन १९९३ का साथै २००३ मा ३० औं, २०१८ मा ४५ औं र भोली पुष ४ देखि ७ गते सम्म पाँचौ पटक जनकपुरधाममा नेपाल ५२ औं महाधिवेशनको आयोजनाको जिम्मेवारी पाएको जनकपुर जेसीजका पदाधिकारी र सदस्यहरु अहिले अतिनै व्यस्त छन् ।
चार दिवसीय राष्ट्रिय महाधिवेशनका लागि करिव ४ हजार युवाहरुको स्वागत र आतिथ्यताका लागि युवाहरु कम्मर कसेर लागिपरेका छन् । आतिथ्यता पाएपछि जनकपुर जेसीज २०२५ का अध्यक्ष मुकेश कुमार साह त्यसबेलै देखि उत्साहित छन् ।

केन्द्रिय पदाधिकारीहरु सहित देशै भरिका नेपाल जेसीजको विभिन्न शाखा आवद्व युवाहरुको जमात मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम पुग्ने क्रमले तिव्रता पाएको छ । आतिथ्यताको जिम्मेवारी पाएको ५२ औं महाधिवेशन आयोजक समितिका निर्देशक जनकपुर जेसीजका पुर्व अध्यक्ष सुधिर पजियारले तयारी अन्तिम चरणमा रहेको र भोली भब्य समुदघाटन सत्र सहित सम्मेलन सुरु हुने बताए ।

२२ वर्ष अगाडि सन २००३ मा जनकपुरधाममा ३० औं महाधिवेशन हुँदा जनकपुर जेसीजका अध्यक्ष र २०१८ मा भएको ४५ औं महाधिवेशनका निर्देशक रहि सकेका सन्तोष कुमार साहले यस्तो ठुला आयोजनले जनकपुरधामको पहिचान, प्रतिष्ठा र मौलिक विशेषता झल्काउन र पुर्नताजा गर्न मद्दत मिलिरहेको बताउछन् ।

नेपाल जेसीजको नयाँ नेतृत्वका आकांक्षी समुहहरुको जनकपुरधाममा आगमण भएर छलफल र भेटघाटले तिव्रता पाएको छ । जनकपुरधाम सहित महोतरीको बर्दिवास र धनुषाको राजमार्ग क्षेत्रका होटलहरु आगन्तुकको आवासका लागि यस अघिनै बुक भइसकेका छन् ।





