एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ :
मधेश सरकारले लगातर तिन दिनको अविरल वर्षाले भएको क्षति नियन्त्रणका लागि मधेशका आठवटै जिल्लाहरुलाई एक/एक करोड आपतकालिन रकम विनियोजन गर्ने निर्णय गरेको छ भन्ने मधेशमा बाढीबाट भएको सडक क्षती पुर्ननिर्माणका लागि भौतीक पुर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गरेको छ । एक÷एक करोड नदी नियन्त्रणमा खर्च गर्न भनिएको छ ।

https://www.facebook.com/spkhabarnepal/videos/536173322108989

आइतवार बसेको मधेश मन्त्री परिषदको बैठकबाट यस्तो निर्णय भएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताएका छन् । मुख्यमन्त्री सिंहका अनुसार आईतवारनै मधेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्रीको अगुवाईमा प्रादेशिक सुरक्षा समितिको बैठक बस्न लगाएर मधेशको कुन वडामा कति क्षती भएको छ, वडा स्तरीय क्षतीका विवरण ल्याउन निर्देशन समेत दिइएको बताएका छन् ।

मुख्यमन्त्री सिंहले देशभरिमै भएको बाढी र पहिरोको प्रकोपले मधेश पनि अछुतो नरहेको र आठवटै जिल्लामा समस्या भएपनि, सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कंकालनी, रौतहटमा बागमति नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिका सहितका पालिकाहरु अति प्रभावित भएको जानकारी गराउदै सुरक्षा निकायसंग समन्वय गरि हाय अर्लट गराएर रेस्कयुको निर्देशन अस्ती नै दिइसकिएको बताए

उनले आजको मन्त्री परिषदको बैठकबाट सम्पूर्ण दातृनिकायहरुलाई राहतका लागि खुल्ला आह्वान गरिएको र प्रभावित क्षेत्रमा पुग्न आग्रह समेत गर्ने निर्णण भएको बताए । मधेशको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदानका लागि पुग्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मुख्यमन्त्री सिंहले बताए ।