एसपी रिपोर्टर
काठमाण्डौं, असार २९ : सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।
देउवा अहिले गठबन्धनसँग छलफलमा छन् । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ । यस संगै देउवा पाँच पटक प्रधानमन्त्री हुने पहिलो नेता बनेका छन् । यसअघि काँग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र राप्रपाका नेता लोकेन्द्र बहादुर चन्द चार/चार पटक देउवा प्रधानमन्त्री बनेका थिए ।