२० फाल्गुन २०७६ , मंगलबार
जनकपुरधाम । शहिदनगरको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नगरपालिकाले नेपाल प्रहरी र शस्त्र प्रहरीलाई दुईवटा मोटरसाइकल उपलब्ध गराएको छ ।
शहिदनगर नगरपालिकाको प्रमुख उदय कुमार यादव बरबरियाले शहिदनगर नगरपालिकाको धेरै ठाँउहरुमा गाडीवाट तुरन्त पुग्न नसकिने अवस्था रहेको समस्यालाई मध्येनजर गर्दै तत्कालका लागि नगरसभा र कार्यपालिकाको निर्णय अनुसार नेपाल र शस्त्र प्रहरी दुवै युनिटलाई एक एक थान मोटरसाइकल वितरण गरिएको बताएका छन् ।
मेयर बरबरियाले नगरपालिकाको स्मृद्विका लागि सुरक्षा समेत उतिनै आवयश्क रहेको र नयाँ प्रहरी युनिटहरु समेत थपिएकाले प्रहरीलाई सहयोग गरेको बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले शान्ति सुरक्षा कायम गर्न शहिदनगरले थालेको सहयोगी कदम सराहनिय रहेको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा दुवै प्रहरी निकायका प्रहरी प्रमुख देखि मोटरसाइकल पाउने प्रहरी युनिटका प्रमुखहरुको समेत सहभागिता थियो ।
हेर्नुहोस् भिडियो !